विराटनगर । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको विजयी भएका छन् ।
मतणजना सुरु भएदेखि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै आएका शाह ३० हजार मत गर्न बाँकी छँदै विजयी भएका हुन् ।
पछिल्लो विवरण अनुसार ७५ हजार ३७७ गणना गर्दा बालेनले ४७ हजार ७७९ मत पाएका छन् । ओलीले १२ हजार ६९९ मत पाएका छन् ।
दुईजनाबीचको मतान्तर ३५ हजार ८० छ । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएकोले बालेन विजयी भएका हुन् । गणना जारी रहेको सो क्षेत्रमा ओलीबाहेक अन्य उम्मेदवारको त जमानत नै जफत हुने देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।