लोड हुँदैछ...

मेनु

कोशीका चार क्षेत्रमा श्रम संस्कृति पार्टीको अग्रता

कोशीका चार क्षेत्रमा श्रम संस्कृति पार्टीको अग्रता

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रमा हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीको अग्रता रहेको छ ।

पार्टीले सुनसरी १, भोजपुर, खोटाङ र इलाम १ मा अग्रता कायम राखेको हो ।
पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरीको क्षेत्र नम्बर १ मा अगाडि छन् । उनले हालसम्म ७ हजार ८१३ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ५ हजार ८७१ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै, भोजपुरमा सो पार्टीका उम्मेदवार ध्रुवराज राई ५ हजार ३६७ मतसहित अगाडि छन् । उनलाई एमालेका केन्द्रीय सचिवसमेत रहेका शेरधन राईले ४ हजार २१४ मत ल्याउँदै पछ्याइरहेका छन् ।

खोटाङमा पनि श्रम संस्कृति पार्टी सुरुवाती गणनादेखि नै अगाडि छ । सो पार्टीका उम्मेदवार आरेन राईले ५ हजार ७४४ मत ल्याउँदा उनलाई कांग्रेसका वीरकाजी राईले ४ हजार ९३५ मतसहित पछ्याइहेका छन् ।

त्यस्तै, इलाम १ मा पनि श्रम संस्कृति पार्टीको अग्रता रहेको छ । सो पार्टीबाट उम्मेदवार बनेका विनोद नेम्बाङ लिम्बूले २ हजार ९२ मतसहित अगाडि छन् भने नेकपा एमालेका काजीमान कागते १ हजार ९५८ मतसहित दोस्रो स्थानमा छन् ।

कोशीमा राष्ट्रिय स्वतन्त्र पार्टीले मोरङका ४ र ६ निर्वाचन क्षेत्र जितिसकेको छ भने झापाका ५, मोरङका ४, सुनसरीको ३ र उदयपुरको २ क्षेत्रमा अग्रता कायम राखेको छ ।

ताप्लेजुङमा एमालेका क्षितिज थेबे अगाडि छन् । उनलाई कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङले पछ्याइरहेका छन् । यस्तै, इलामको २ मा एमालेका सुहाङ नेम्वाङ अगाडि छन् । उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले पछ्याइरहेका छन् ।

धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता छ । उनलाई पनि श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछ्याइरहेका छन् ।

तेह्रथुममा काँग्रेसका सन्तोष सुब्बा विजयी भइरकेका छन् भने पाँचथर, सोलुखुम्बु र ओखलढुंगामा काँग्रेसको अग्रता छ । संखुवासभाको भने गणना सुरु भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds