लोड हुँदैछ...

मेनु

सुनसरी १ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

सुनसरी १ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिंदा साम्पाङको मत ५८९१ रहेको छ । साम्पाङलाई सरिन तामाङले ४८०९ मत ल्याउँदै पछ्याइरहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका सूर्यवहादुर भट्टराई मनोजले १२९१, एमालेका टिकाराम लिम्बूले ९६४, कांग्रेसका सुजेन्द्र तामाङले ८९५, राप्रपाका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds