लोड हुँदैछ...

मेनु

संखुवासभामा मतगणना सुरु हुँदै

संखुवासभामा मतगणना सुरु हुँदै

विराटनगर । मतपेटिका संकलनमा समय लागेपछि हुन नसकेको संखुवासभाको मतगणना आज दिउँसो १२ः१५ देखि सुरु हुने भएको छ । संखुवासभा निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले आज बिहान सबै मतपेटिका संकलनको काम सकिएको बताए । उनले सर्वदलीय बैठक पनि सम्पन्न भएको र दिउँसो १२ः१५ देखि मतगणना सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।