विराटनगर । मोरङ निर्वाचन क्षेत्र ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले उल्लेख्य मतका साथ अग्रता कायम गरेका छन्।
सार्वजनिक गरिएको मतगणना अनुसार कुल ३६ हजार ३९६ मत गणना हुँदा कार्कीले १३ हजार ४३७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार शर्मा ८ हजार ९६३ मतका साथ दोस्रो स्थानमा देखिएका छन्।
यस पटकको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले पनि कडा टक्कर दिएका छन्। उनले ७ हजार ३०० मत प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार इरान कुमार राईले २ हजार ८३१ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका डा देउमान सम्बाहाङ्फेले ४ सय ३६ मत प्राप्त गरेका छन् । अहिले पनि मतगणना कार्य जारी छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।