लोड हुँदैछ...

मेनु

झापा–५ मा बालेनले ३९ हजार कटाउँदा ओलीले पनि कटाए १० हजार

झापा–५ मा बालेनले ३९ हजार कटाउँदा ओलीले पनि कटाए १० हजार

विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा निकै रोचक र अप्रत्याशित परिणाम देखिएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहभन्दा झण्डै २९ हजार मतान्तरले पछाडि परेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, कुल ६२ हजार १०० मत गणना हुँदा रास्वपाका बालेनले ३९ हजार २८४ मत प्राप्त गरेका छन्। उता, एमाले अध्यक्षओलीले भने भर्खरै १० हजारको आँकडा पार गर्दै १० हजार २९३ मत पाएका छन्। हाल शाह र ओलीबीचको मतान्तर २८ हजार ९९१ पुगेको छ।

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि यहाँ आफ्नो बलियो उपस्थिति देखाएको छ। सो पार्टीका उम्मेदवार समीर तामाङ ६ हजार ३२४ मतका साथ तेस्रो स्थानमा सुरक्षित देखिएका छन्।

देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको अवस्था भने यस क्षेत्रमा निकै कमजोर देखिएको छ। कांग्रेसकी उम्मेदवार मन्दरा चिमरियाले मात्र १ हजार ९६ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds