लोड हुँदैछ...

मेनु

महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित

महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित

विराटनगर । म्याग्दीबाट डा .महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरे ।

बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds