लोड हुँदैछ...

मेनु

तेह्रथुममा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

तेह्रथुममा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

विराटनगर । तेह्रथुम प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भएका छन्। नेकपा (एमाले) सचिव भानुभक्त ढकाललाई पराजित गर्दै सुब्बाले विजयी यात्रा तय गरेका हुन्। सार्वजनिक अन्तिम मत परिणाम अनुसार सन्तोषले ११ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरे। सुब्बाले ढकाललाई ८७९ मतान्तरले पराजित गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुरेन्द्र कार्कीले ७ हजार ७३७ मतल्याएर तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले पनि ५ हजार २०० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds