विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले हेभिवेट उम्मेदवार ओलीलाई झण्डै १३ हजार मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बालेन शाहले १६,९८० मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओली मात्र ३,९७३ मतमा खुम्चिएका छन्।
बालेन र ओलीबीचको मतान्तर १३,००७ पुगेको छ। श्रम संस्कृतिका उम्मेदवार समिर तामाङले १,८२९ मत८ल्याएर तेस्रो स्थान ओगटेका छन्। उनले नेपाली काँग्रेसकी उम्मेदवार मधुरा चिमरियालाई समेत पछाडि पारेका छन्। चिमरिया मात्र ५५४ मतका साथ चौथो स्थानमा छिन्। निर्वाचन कार्यालयका अनुसार हालसम्म गणना गरिएको कुल २५,६५६ मतमध्ये २४,४७० मत सदर भएको छ भने १,१८६ मत बदर भएको छ। एमालेको गढ मानिने झापा–५ मा नयाँ शक्तिहरूको यो सुनामीले पुराना राजनीतिक शक्तिहरूलाई गम्भीर धक्का दिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।