विराटनगर । कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
सुनसरी १ मा उम्मेदवार रहेका साम्पाङ आफैं भने दोस्रो स्थानमा रहँदा सो पार्टीका उदयपुर १, इलाम २, पाँचथर, भोजपुर, खोटाङ र धनकुटाका उम्मेदवारले अग्रता लिएका हुन् । सुनसरी १ मा रास्वपाबाट गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्कले १५४ ल्याएका छन् ।
इलाम २ मा सुदीप राईले १ हजार ५०४ मतसहित अग्रता लिएका छन् । उनले एमालेका सुहाङ नेम्बाङलाई पछि पारेका छन् । चुलाचुली ४, ५, ६ को मत गणना सकिँदा राईले १ हजार ५०४ मत ल्याएका छन्। एमालेका सुहाङले १ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भेषराज आचार्यले ७३३ मत ल्याएका छन्।
धनकुटामा सानबहादुर राई २८५१ मतसहित अघि छन्। उनले एमालेकै राजेन्द्रकुमार राईलाई पछाडि पारेका छन् ।
पाँचथरमा हस्तराज शेर्मा ६५६ मतसहित अगाडि छन् । उनले काँग्रेसका नरेन्द्र केरुङलाई पछि पारेका छन् । उनको मत ४६२ छ ।
उता खोटाङमा ५०० गन्दा मोटो चिन्हबाहक श्रम संस्कृतिका आरेन राईले २१४ मत पाएका छन् । जिल्लालमा काँग्रेसका विरकाजी राईले ११० मत पाएका छन् ।
यस्तै भोजपुरमा अहिलेसम्म गणना भएको १९३५ मतमा संस्कृतिका ध्रुबराज राईले ४६७ मतसहित अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका शेरधन राईले ४६० मत पाएका छन् ।
उता उदयपुर क्षेत्र नं. २ मा संस्कृतिकै बलराज राईले ५२९ मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ३८० मत पाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।