लोड हुँदैछ...

मेनु

झापा ५ मा बालेन शाह ओलीभन्दा ९ हजार मतले अगाडि

झापा ५ मा बालेन शाह ओलीभन्दा ९ हजार मतले अगाडि

विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ।

प्राप्त मतगणना तालिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै भारी मतान्तरले पछि पार्दै सुरुवाती अग्रता लिएका छन्।

अहिलेससम्मको गणनामा शाहले ११ हजार ९४५ मत प्राप्त गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको उनको मतान्तर ९ हजार २५३ छ । ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन्।

यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङ्गले १ हजार ४७७ मत, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३ सय ५५ मत, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले २९७ मत र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले २२२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds