लोड हुँदैछ...

मेनु

डाक्टर शेखर कोइराला १२ हजार मतले पछाडि

डाक्टर शेखर कोइराला १२ हजार मतले पछाडि

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकी रुबिना आचार्यले फराकिलो मत अन्तर बनाएकी छिन् ।

आचार्र्यले अहिलेसम्मको गणनामा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाभन्दा १२ हजारबढी मत पाएकी छन् ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हालसम्म आचार्यले १६ हजार ८२३ मत ल्याउँदा कोइरालाले ३ हजार ९५५ मत पाएका छन् । यस्तै एमालेका विनोदप्रसाद ढकालले २ हजार ९४५ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार ६१० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।