लोड हुँदैछ...

मेनु

धनकुटामा श्रम संस्कृतिका उम्मेदवारको अग्रता

धनकुटामा श्रम संस्कृतिका उम्मेदवारको अग्रता

धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५९० मतसहित अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार राईले अग्रता लिएका हुन् ।

नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले १४४ मत प्राप्त गरेका छन् । धनकुटामा हालसम्म साँगुरीगढी गाउँपालिकाको वडा नं. १ देखि ५ सम्मको मतगणना सम्पन्न भएको छ । जहाँ ४ हजार ६० मत गणना हुँदा ३ हजार ७२२ मत सदर र ३ सय ३८ मत बदर भएको छ ।

धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता कायम रहेकामा ६४ हजार ४२५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।