लोड हुँदैछ...

मेनु

मतगणनाको क्रममा मोरङ २ मा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मतगणनाको क्रममा मोरङ २ मा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

विराटनगर । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए ।

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी आज ११ः ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

रेग्मी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।