विराटनगर । मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ६ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता कायम गरेकी छिन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको १७ हजार ६३८ मतगणनाको विवरण अनुसार घण्टी चिह्न भएकी आचार्यले ९ हजार ५०४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछि पारेकी छिन्।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डा.शेखर कोइराला रहेका छन्। उनले हालसम्म २ हजार १२८ मत प्राप्त गरेका छन् । त्यस्तै, अञ्जुलीमा रहेको माटो श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेल २ हजार २० मतका साथ तेस्रो स्थानमा रहेका छन्।
नेकपा (एमाले) का उम्मेदवार विनोद प्रसाद ढकाल भने २ हजार ७ मतका साथ चौथो स्थानमा छन्। उक्त क्षेत्रमा राप्रपाका सबिन निरौलाले ३६६ मत, नेकपाका ओपेन्द्रकुमार रायले २७८ मत पाएका छन् ।
क्षेत्रमा खसेको १७ हजार ६ सय ३८ मत गणना भएको छ । जसमध्ये १६ हजार ५ सय ७० मत सदर भएको छ भने १६८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।