उदयपुर । उदयपुरको क्षेत्र नं। १ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदारले निरन्तर अग्रता कायम गर्नु भएको छ ।
पछिल्लो ६ हजार ५४० मत गणना गर्दा रास्वपाका उम्मेदवार पारश मणी गेलालले २ हजार ११२ मतसहित अग्रस्थान कायम गरेका हुन् । उदयपुर १ मा मतगणना सुरु हुँदैदेखि गेलालले अग्रता कायम गरेका थिए ।
उदयपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार राजेश कुमार राईले १ हजार ५९ मत ल्याएका छन् । त्यस्तै एमालेका उम्मेदवार दुर्गाकुमार थापाले ९६४ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार बलदेव चौधरीले ९१५ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका बिदुर बस्नेतले ६९९ मत प्राप्त गरेका छन् । उदयपुर क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।