लोड हुँदैछ...

मेनु

मोरङ ३ मा पनि रास्वपाले लियो अग्रता

मोरङ ३ मा पनि रास्वपाले लियो अग्रता

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङ क्षेत्र नं. ३ मा पनि रास्वपाले अग्रता लिएको छ । पछिल्लो मतगणनाको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले १ हजार ६५२ मत ल्याउँदा नेपाली काँग्रेसका सुनिल कुमार शर्माले १ हजार ४८२ मत प्राप्त गरेका छन् ।

यसअघि अग्रता लिएको श्रम संस्कृति पार्टीका अमिर मगरले भने १ हजार ४८८ मत पाएका छन् । यस्तै एमालेका इरन राईले ४२७ मत पाएका छन् । अहिलेसम्मको नतिजा अनुसार गणेश कार्की र नेपाली कांग्रेसका सुनिल कुमार शर्माबीच कडा प्रतिस्पर्धा देखिएको छ। कार्कीले श्रम संस्कृति पार्टीका मगरलाई १६४ मतको अन्तरले पछि पारेका छन्। काँग्रेस उम्मेद्वार शर्मा पनि प्रतिस्पर्धामा बलियो देखिएका छन् भने नेकपा एमालेका उम्मेदवार इरान कुमार राई चौथो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds