विराटनगर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. ५ को मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ। प्राप्त मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको भन्दा तीन गुणा बढी मतले अग्रता कायम गरेका छन्।
सार्वजनिक गरिएको ७ हजार ६ सय ५१ मतगणनाको तथ्याङ्क अनुसार रास्वपाका बालेन्द्र शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मतका साथ पछ्याइरहेका छन् । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत प्राप्त गरेका छन् ।
यस्तै काँग्रेसकी मन्दरा चिमरियाले १८५ मत, नेकपाका रञ्जित तामाङले १२९ र राप्रपाका लक्ष्मी प्रसाद संग्रौलाले १११ मत पाएका छन् । अन्य उम्मेदवारहरूमा भने जनमत पार्टीका अमृतलाल महतोले १४ मत ल्याएका छन्। बाँकी स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूको मत सङ्ख्या न्यून रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।