विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
हालसम्म आएको प्रारम्भीक परिणाम अनुसार मोरङको १ मा रास्वपाका यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा रास्वपाकै कृष्ण कार्की, मोरङ ४ मा रास्वपाकै सन्तोष राजवंशी र मोरङ ५ मा रास्वपाकी आशा झा अग्रस्थानमा छन् । यस्तै गणना भइरहेको मोरङ ३ मा भने श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि छन् । यस्तै मोरङको ६ नम्बर निर्वाचन क्षेत्रको अहिलेसम्म सुरुवाती मतपरिणाम आएको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।