विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नं. १ मा जारी मतगणनामा रोचक परिणाम देखिएको छ । प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता बनाएको छ ।
हालसम्म ८ हजार ९ सय ८२ मत गणना हुँदाको परिणाम अनुसार रास्वपाका न्यौपानेले ३ हजार ३९५ मत पाएका छन् । यस्तै दोस्रो नम्बर श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले २ हजार ३९ मत पाएकी छिन् । यो क्षेत्रबाट काँग्रेसका खड्ग बहादुर फागोले १ हजार ३४६, एमालेका घनश्याम खतिवडाले १ हजार ७९ मत ल्याएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका न्यौपाने दोस्रो स्थानमा रहेकी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाभन्दा १,३५६ मतले अगाडि छन् । रोचक कुरा त के छ भने, यस क्षेत्रमा स्थापित मानिएका ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवारहरू क्रमशः तेस्रो र चौथो स्थानमा खुम्चिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।