विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। ५ सय मत गणना भइसक्दा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले सुरुवाती अग्रता कायम गरेको छ।
प्राप्त पछिल्लो विवरण अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले २१८ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्माले ११९ मतका साथ पछ्याइरहेका छन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले ११६ मत प्राप्त गरेका छन्। कांग्रेसका शर्मा र रास्वपाका कार्कीबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।
यस क्षेत्रका अर्का प्रमुख प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार इरान राई भने सुरुवाती गणनामा निकै पछि देखिएका छन्। उनले हालसम्म मात्र २८ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा यस अगाडी सुनिल शर्माको दबदबा रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।