विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे निकै पछि परेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सन्तोष राजवंशीले सुरुवाती चरणदेखि नै फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राजवंशीले ३,८५८ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महामन्त्री प्रघिमिरेले ६९३ मत प्राप्त गरेका छन् । राजवंशी र घिमिरेबीचको मतान्तर ३,१६६ पुगेको छ । यस्तै, नेकपाका उम्मेदवार अमनलाल मोदी ६७१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका जीवन घिमिरेले ४११ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।