विराटनगर । मोरङ क्षेत्र नम्बर १ को प्रारम्भीक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने ९६७ मतसहित पहिलो स्थानमा रहेका छन् ।
उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले पछ्याइरहेकी छिन् । लामाले ६४३ मत प्राप्त गरेकी छिन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू भने हालसम्मको गणनामा पछि देखिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर फागो ४३७ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एमाले) का घनश्याम खतिवडा २७३ मतसहित चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका कुल प्रसाद साम्बा ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्ण बहादुर वाइवा तामाङले ३५ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।