विराटनगर । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा गरी ६४ प्रतिशत मतदान भएको छ । सुनसरीमा कुल ५ लाख ८० हजार ९४५ मतदाता थिए । त्यसमध्ये ३ लाख ६९ हजार ६ सय जना मतदानमा सहभागी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो कुल मतदाताको करिब ६३ दशमलव ६ प्रतिशत हो। निर्वाचन क्षेत्र–१ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ।
यसैगरी निर्वाचन क्षेत्र–२ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ। त्यस्तै, निर्वाचन क्षेत्र–३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको छ। यसैगरी निर्वाचन क्षेत्र–४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।