लोड हुँदैछ...

मेनु

मोरङमा ९ बजेसम्म मतपेटिका संकलन भइसक्ने

मोरङमा ९ बजेसम्म मतपेटिका संकलन भइसक्ने

विराटनगर । मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भई अहिले मतपेटिकाहरू मतगणना स्थलतर्फ ल्याउने क्रम सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले अर्थात् ६४.५६ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मोरङका प्रहरी प्रमुख कवित कटुवालका अनुसार राति ९ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन्। यद्यपि, भौगोलिक बनावटका कारण क्षेत्र नं. १ का मतपेटिकाहरू मतगणना स्थलसम्म आइपुग्न केही बढी समय लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।