लोड हुँदैछ...

मेनु

झापाको ५ निर्वाचन क्षेत्रको मतगणना कहाँ कहाँ हुन्छ ?

झापाको ५ निर्वाचन क्षेत्रको मतगणना कहाँ कहाँ हुन्छ ?

विराटनगर । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ ।

निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार झापा क्षेत्र नं. १ को मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ । झापा क्षेत्र नं. २ को मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा, झापा क्षेत्र नं. ३ का लागि मतगणना जिल्ला समन्वय समिति भवनमा हुने निश्चित भएको छ।
यस्तै झापा क्षेत्र नं. ४ को मतगणना कन्काई नगरपालिका कार्यालयमा सम्पन्न गरिनेछ भने, झापा क्षेत्र नं. ५ को मतगणना दमक नगरपालिका वडा नं. ८ स्थित अर्गानिक कृषि केन्द्रमा हुनेछ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।