काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर फेरि काठमाडौं फर्काइएको छ ।
त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर पुन काठमाडौंमा नै अवतरण भएको हो । हेलिकप्टर फर्काउनु को कारण खुलेको छैन ।
बालेनले आज बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण ईंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी काठमाडौं २ का मतदाता हुन् । मतदानपश्चात उनी आफू उम्मेदवार रहेको झापा ५ का लागि प्रस्थान गरेका थिए । तर, बीचबाटै हेलिकोप्टर फर्काइएको नागरिक उड्यन प्राधिकरणले पुष्टि गर्यो ।
बालेनको हेलिकोप्टर १०ः१० मा काठमाडौं ल्यान्ड भएको बुझिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक वा निर्देशनका आधारमा नभएर आफैं फर्किएको बताए ।
कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाटै आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।