लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री कार्की आज ताप्लेजुङ जाँदै

प्रधानमन्त्री कार्की आज ताप्लेजुङ जाँदै

विराटनगर । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको भ्रमणमा जाने भएकी छन् । चुनावी तयारी बारेमा हिमाली क्षेत्रको अवस्था बुझ्न यात्रा थालेकी प्रधानमन्त्री कार्कीले आज ताप्लेजुङको भ्रमण गर्न लागेकी हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार आज प्रधानमन्त्री कार्की ताप्लेजुङ आइपुग्ने कार्यक्रम रहेको छ । ताप्लेजुङ आइपुगेपछि प्रधानमन्त्री कार्कीले सुरुमा प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने र पाथीभरा दर्शनपछि जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्ने कार्यक्रम छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मुख्य निर्वाचन अधिकृतसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । उनले हिजोमात्र सोलुखुम्बु जिल्लाको भ्रमण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds