लोड हुँदैछ...

मेनु

कोलम्बियामा विमान दुर्घटना : १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना : १५ जनाको मृत्यु

काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तमा बुधबार एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।

सरकारी एयरलाइन्स कम्पनी ुसाटेनाु द्वारा सञ्चालित ुएचके ४७०९ु उडान नम्बरको उक्त विमान राजधानी कुकुटाबाट ओकानाका लागि उडेको थियो । स्थानीय समयअनुसार बुधबार बिहान ११स्४२ मा उडेको उक्त विमान गन्तव्यमा नपुग्दै पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

एयरलाइन्सका अनुसार विमानमा चालक दलका दुई सदस्य र १३ जना यात्रु गरी कुल १५ जना सवार थिए । दुर्घटनामा विमानमा रहेका कसैको पनि ज्यान बचाउन नसकिएको कम्पनीले पुष्टि गरेको छ ।

ओकाना क्षेत्र पहाडहरूले घेरिएको भौगोलिक रूपमा कठिन स्थान मानिन्छ । कुकुटाबाट ओकानाको उडान समय सामान्यतया ४० मिनेटको हुने गर्दछ ।

साटेना एयरलाइन्सले दुर्घटनाको खबर लगत्तै घटनास्थलमा उद्धार टोली परिचालन गरिएको जनाएको छ । दुर्घटनाको विस्तृत कारणबारे भने अहिलेसम्म थप जानकारी प्राप्त हुन सकेको छैन । अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।