लोड हुँदैछ...

मेनु

नेकपा झापाका संयोजक आचार्यद्वारा पार्टी परित्यागको घोषणा

नेकपा झापाका संयोजक आचार्यद्वारा पार्टी परित्यागको घोषणा

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउछु,’ उनले लेखेका छन्, ‘२७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ ।’

उनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छोडेको हुनसक्ने निकटस्थहरुले बताएका छन् । आचार्य आफैंले भने यो विषयमा थप कुरा गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।