काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउँदै सङ्गठनलाई नयाँ उचाइमा पुर्याउन आम नेता तथा कार्यकर्तामा अपिल गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले विगतका मतभेद बिर्सेर आपसी सद्भाव कायम राख्न सम्पूर्ण पङ्क्तिलाई आग्रह गरिएको जानकारी दिए।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी सङ्गठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको छ। प्रवक्ता चालिसेले भने, ‘उहाँ (देउवा) को लामो राजनीतिक अनुभव र योगदानप्रति बैठकले आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि उहाँको अभिभावकीय भूमिका पार्टीका लागि मार्गदर्शक बनिरहने हामीले विश्वास लिएका छौँ।’
यस्तै, कांग्रेसले अबको आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ। यसका लागि तत्काल संसदीय बोर्डको बैठक बोलाएर चुनावी रणनीति तय गरिने प्रवक्ता चालिसेले बताए। उनले अग्रज नेताहरूको अनुभव र सम्मानका साथ पार्टीलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।