लोड हुँदैछ...

मेनु

गगन थापाको संयोजकत्वमा कांग्रेसको १३ सदस्यीय संसदीय बोर्ड गठन

गगन थापाको संयोजकत्वमा कांग्रेसको १३ सदस्यीय संसदीय बोर्ड गठन

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। नयाँ बानेश्वरमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा उक्त बोर्ड गठन गर्ने निर्णय गरेको हो।

बोर्डमा पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरू सदस्य रहने प्रवक्ता देवराज चालिसले जानकारी दिए । निर्वाचन आयोगले शुक्रबार मात्रै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेपछि यो पहिलो महत्वपूर्ण निर्णय हो।

बैठकले पार्टीलाई पूर्ण रूपमा निर्वाचन केन्द्रित गर्ने र टिकट वितरणको प्रक्रियालाई अगाडि बढाउने निर्णय पनि गरेको छ। आयोगबाट वैधानिकता पाए लगत्तै कांग्रेसले चुनावी तयारीलाई तीव्र पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds