लोड हुँदैछ...

मेनु

देउवा पक्षकाे केन्द्रीय समिति बैठक आव्हान

देउवा पक्षकाे केन्द्रीय समिति बैठक आव्हान

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

देउवा पक्षका  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । तर सो आधिकारिकतालाई देउवा पक्षले अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds