काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।
निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’ उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिंदैन ।’
सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘आजैदेखि एकढिक्का भएर पार्टीको काममा लागौं ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।