काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ । आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए ।
उनले भने, ‘आयोगले सम्पूर्ण नियम–कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’ पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले जनाएका छन् ।
आयोगको शुक्रवार साँझको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ । यो निर्णयसँग औपचारिक रूपमा कांग्रेस विभाजित भएको छ ।
आयोगले देउवा पक्षले चाहेमा दल दर्ताका लागि सीमित अवधि दिनेबारे लचिलो हुने निर्णय समेत गरेको छ । देउवा पक्षले गगन नेतृत्वको कांग्रेसमै रहन नचाहेमा दल र चुनाव चिह्न नयाँ प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।