लोड हुँदैछ...

मेनु

निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता

निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता

विराटनगर । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।

स्रोत : नेपाल प्रेस

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds