लोड हुँदैछ...

मेनु

एमालेले सबै उम्मेद्वारको टुंगो लगाउँदै

एमालेले सबै उम्मेद्वारको टुंगो लगाउँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले शनिबारका लागि पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

माघ तीन गते (शनिबार) दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताए । उनका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले शनिबार उम्मेदवाहरूको नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको हो।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम एकल रूपमा सिफारिस भएर आएको छ।

शाहीका अनुसार दुर्गमा भेगमा रहेका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोलि सचिवालय बैठक बसेर उम्मेदवारी टुंग्याउन लागेको हो। यस अघिको केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds