लोड हुँदैछ...

मेनु

नेकपाबाट भोजपुरमा अजम्बर काङ्माङले पाए टिकट, प्रचण्डद्वारा टिकट वितरण

नेकपाबाट भोजपुरमा अजम्बर काङ्माङले पाए टिकट, प्रचण्डद्वारा टिकट वितरण

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोजपुरका लागि पार्टी नेता अजम्बर काङमाङ राईलाई टिकट दिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई टिकट दिएको भन्दै काङ्माङ राईले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गरेका छन् ।

‘कमरेड प्रचण्डको हातबाट भोजपुरको प्रतिनिधि सभाको सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट टिकट पाइयो,’ उनले लेखेका छन्, ‘क. प्रचण्डबाट निर्वाचन सफलताको शुभकामना र भावी राजनीतिक मार्गचित्रका बारे सुस्पष्ट शुभकामना पनि ग्रहण गरियो । सम्पूर्ण परिवर्तनकामी आदरणीय भोजपुरे जनतारूलाई चुनाव चिह्न ‘तारा’मा मतदान गरी विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

यसअघि भोजपुरबाट तत्कालिन माओवादीका तर्फबाट सुदन किराँतीले टिकट पाएर विजयी भएका थिए । उनी हाल प्रगतिशिल लोकतान्त्रिक पार्टीका संयोजक छन् । सोही जिल्लाबाट नेकपा एमालेले पार्टीका सचिव शेरधन राईको एकल नाम सिफारिस गरेको छ । काँग्रेसले हालसम्म जिल्लाको उम्मेद्वारको टुंगो लगाएको छैन भने नेकपा (माओवादी)ले दिपेश राई तथा हर्क साम्पाङको श्रम संस्कृति पार्टीले धु्रव राईलाई टिकट दिने पक्का गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds