लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेस देउवा पक्षले आज पत्रकार सम्मेलन गर्ने

नेपाली कांग्रेस देउवा पक्षले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सम्मेलन हुने तय भएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थिति रहनेछ । सम्मेलनमा पार्टीका अन्य केन्द्रीय नेताहरूको समेत सहभागिता रहने जनाइएको छ ।

विशेष गरी पार्टीको पछिल्लो गतिविधि, साङ्गठनिक अवस्था र मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न यो सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds