लोड हुँदैछ...

मेनु

गगन थापाको हस्ताक्षर भएको उम्मेदवारको टिकटलाई मान्यता दिन आयोगमा निवेदन

गगन थापाको हस्ताक्षर भएको उम्मेदवारको टिकटलाई मान्यता दिन आयोगमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारको मनोनयन पत्रमा सभापति गगनकुमार थापाको हस्ताक्षरलाई आधिकारिकता दिन निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले गरेको निर्णय बमोजिम कांग्रेसले पार्टीको आधिकारिक हस्ताक्षरकर्ता परिवर्तनको प्रक्रिया अघि बढाएको हो। यसअघि निर्वाचन आयोगको अभिलेखमा शेरबहादुर देउवाको हस्ताक्षर मात्र स्वीकार्य हुने व्यवस्था थियो, जसका आधारमा राष्ट्रिय सभा र समानुपातिकतर्फका उम्मेदवारको नामावली टुङ्ग्याइएको थियो।

तर, पार्टी नेतृत्वमा आएको परिवर्तनसँगै अब प्रत्यक्षतर्फको उम्मेदवारको टिकट (मनोनयन पत्र) मा सभापति थापाकै हस्ताक्षर चल्नुपर्ने दाबी कांग्रेसले गरेको छ। सोही प्रयोजनका लागि पार्टीको विवरण अध्यावधिक गर्न थापासहितका पदाधिकारी र कानुनी परामर्शदाताहरू आयोग पुगेका हुन्।

नयाँ नेतृत्वले आफूहरू नै पार्टीको आधिकारिक प्रतिनिधि भएको उल्लेख गर्दै देउवाको स्थानमा थापाको हस्ताक्षरलाई चुनावी प्रयोजनका लागि वैधानिकता दिन माग गरेको छ। निर्वाचन आयोगमा यो निवेदन दर्ता भएसँगै अब कांग्रेसको चुनावी टिकटमा नेतृत्व परिवर्तनको वैधानिक छाप लाग्ने प्रक्रिया सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds