लोड हुँदैछ...

मेनु

माघी पर्वले सद्भाव बलियो बनाउँछ : प्रचण्ड

माघी पर्वले सद्भाव बलियो बनाउँछ :  प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु समुदायको मुख्य पर्व माघी तथा मगर, छन्त्याल लगायत अन्य समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा अध्यक्ष प्रचण्डले माघी र माघे सङ्क्रान्तिलाई नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक जीवन्त पहिचानको रूपमा व्याख्या गरेका छन् । यी पर्वहरूले विविधताभित्रको एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको गहिरो सन्देश बोकेको उनकाे भनाइ रहेकाे छ ।

अध्यक्ष प्रचण्डले सूर्य उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्राकृतिक प्रक्रियालाई राष्ट्रिय जीवनको गतिसँग जोडेका छन् । उनले अब राष्ट्रिय जीवनबाट पनि निराशा र अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु हुने विश्वास व्यक्त गरेका छन् ।

तराईदेखि हिमालसम्मका नेपालीले परिवारसँग बसेर खिचडी, घिउ, चाकु, तरुल र तिलौरी जस्ता परिकार खाँदै रमाइलो गरी मनाउने यो चाडको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्त्व रहेको उल्लेख गर्दै प्रचण्डले भनेका छन् , “यस्तो आपसी आत्मीयता र सामूहिकताले हाम्रो समाजलाई थप सुदृढ र बलियो बनाउँछ।”

उनदे यस पर्वले सबै नेपालीमा नयाँ उत्साह र ऊर्जा थप्दै मुलुकको विकास र एकताका लागि थप प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds