लोड हुँदैछ...

मेनु

रवि लामिछानेविरूद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

रवि लामिछानेविरूद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी महान्यायाधिवक्ता कार्यालयले फिर्ता गर्ने निर्णय गरेको छ।

महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिन स्वीकृति दिएको बताइन्। ‘लामिछानेको निवेदन आएको थियो त्यसमाथि के गर्ने भनेर सरकारी वकिल कार्यालयहरूबाट निर्णयका लागि पठाइएको थियो। हामीले स्वीकृति दिएका छौँ,’ भण्डारीले भनिन्।

आफूविरूद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोगदाबी फिर्ता लिन अनुरोध गर्दै लामिछानेले बुधबार नै निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।