विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समूहले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेको छ ।
कांग्रेस संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले तीनै जना नेतालाई बुधबार पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । निर्णय गरेलगत्तै सो पत्र निर्वाचन आयोगमा पेस गरेको जनाइएको छ । विशेष महाधिवेशन पक्षधरले पनि आफ्नो पक्ष नै आधिकारिक भएको भन्दै आयोगमा आजै निवेदन दिने जनाएको छ । देश प्रतिनिधिसभा निर्वाचनको संघारमा रहेको बेला कांग्रेसमा भने अब को आधिकारिक हुने भनेर लडाइँ सुरु भएको छ ।
गगन–विश्वले यसअघि नै आफूहरूले विशेष महाधिवेशन गरिरहको र त्यसबाट नयाँ नेतृत्व चयन हुने व्यहोराको पत्र आयोगमा बुझाएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।