लोड हुँदैछ...

मेनु

सतिघाटमा अरुण नदिमाथि पक्की पुल नहुँदा फेरीकै सहारा

सतिघाटमा अरुण नदिमाथि पक्की पुल नहुँदा फेरीकै सहारा

संखुवासभा । भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।

उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाका भएपनि स्थायी पुल नबन्दा दैनिक आवतजावत मात्र होइन, व्यापारिक गतिविधि समेत प्रभावित बन्ने गरेको छ ।

वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी र वर्षायाममा नदीको बहाव बढ्दा फेरी पटक–पटक बन्द हुने गरेको छ। बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा स्थानीय नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्युँमै सामान बोकेर ओसार्न बाध्य छन्।

पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयवासीका अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि गरिएको भए पनि अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन।

हिउँदको समयमा भने बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। यसले तत्कालका लागि केही राहत दिएपनि दीर्घकालीन समाधान नभएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । उनका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ। तर, प्रगति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।