लोड हुँदैछ...

मेनु

मन्त्री पराजुलीद्धारा जेनजी आन्दोलनका घाइते ढकालसँग भेट

मन्त्री पराजुलीद्धारा जेनजी आन्दोलनका घाइते ढकालसँग भेट

विराटनगर । कोशी प्रदेशका नवनियुक्त पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जेनजी आन्दोलनका क्रममा घाइते भएका सान्तनु ढकालसँग भेट गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–७, बरमनीया निवासी ढकाललाई भेट्न मन्त्री पराजुली बुधबार उनकै निवास पुगेका हुन् । मन्त्री पदको कार्यभार सम्हालेको दोस्रो दिन नै घाइतेको घर पुगेका पराजुलीले ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

भेटका क्रममा मन्त्री पराजुलीले ढकालको परिवार र आफन्तसँग कुराकानी गर्दै प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।

गत २३ भदौमा सुनसरीको इटहरीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ढकाल घाइते भएका थिए । लामो समयको उपचारपछि उनी हाल घरमै आराम गरिरहेका छन् । प्रदेश सरकारले घाइतेको उपचार र राहतका लागि पहल गर्ने प्रतिबद्धता समेत मन्त्री पराजुलीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।