लोड हुँदैछ...

मेनु

भोटखोलाकी बिरामी महिलाको हेलिकप्टर उद्धार

भोटखोलाकी बिरामी महिलाको हेलिकप्टर उद्धार

संखुवासभा । संखुवासभा जिल्लाको दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–४ माङखिमकी ५१ वर्षीया पासाङ लामु शेर्पा गम्भीर स्वास्थ्य समस्यामा परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

मकालु गाउँपालिका–१ वालुङ निवासी हिमाल आरोही मिङमा शेर्पाले आइतबार पासाङ लामु शेर्पाको उपचारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्थापन गरेका हुन्।

दुर्गम भेगमा सडक सञ्जाल र स्वास्थ्य सेवा अत्यन्तै सीमित भएकाले उनको अवस्थामा हेलिकप्टर उद्धार नै एकमात्र विकल्प बनेको थियो। हिमाल आरोही शेर्पाको पहलमा हेली एभरेष्टमार्फत पासाङ लामु शेर्पालाई सुरक्षित रूपमा काठमाडौँ लगिएको छ ।

शेर्पाका ेथप उपचार भइरहेको बताइएको छ। स्थानीयस्तरमा समयमै उपचार सम्भव नभएको अवस्थामा गरिएको यो उद्धारले बिरामीको ज्यान जोगिन मद्दत पुगेको बताइएको छ।

मानवीय सेवामा सक्रिय रहेका हिमाल आरोही मिङमा शेर्पाले यसअघि पनि विपन्न तथा असहाय व्यक्तिहरूको उद्धार र उपचारमा निरन्तर सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।