लोड हुँदैछ...

मेनु

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

विर्तामोड। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ बजेर १३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रभित्र पर्ने भएकाले विभिन्न समयमा साना–ठूला भूकम्प जाने क्रम जारी रहेको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।