काठमाडौँ । इस्वी संवतको नयाँ वर्ष सन् २०२६ आजदेखि सुरु भएको छ । येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार मनाइने यो नयाँ वर्षको अवसरमा विश्वभर नै उत्सवमय वातावरण देखिएको छ ।
विश्वका विभिन्न देश र प्रमुख सहरहरूमा भव्य कार्यक्रमका साथ नयाँ वर्षको स्वागत गरिएको छ । युरोप, अमेरिका, एसिया, अफ्रिका र अस्ट्रेलियाका सहरहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन् । विशेष गरी अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा परम्परागत (बल ड्रप) समारोह हेर्न लाखौँ मानिसको सहभागिता रहेको थियो ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन र उत्साह बढ्दो क्रममा छ । सन् २०२६ को आगमनको अवसरमा नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरूमा विशेष रौनक देखिएको छ ।
काठमाडौँ सहित प्रमुख पर्यटकीय गन्तव्यहरू पोखरा र चितवनको सौराहामा धनकुटाको भेडटोर पनि पर्यटकहरूको बाक्लो उपस्थिति रहेको छ ।
नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेख्य सहभागिताले पर्यटन व्यवसायमा समेत सकारात्मक उर्जा थपेको व्यवसायीहरूले बताएका छन् । विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको यो नयाँ वर्षले मानिसहरूमा नयाँ उत्साह र आशाको सञ्चार गर्ने अपेक्षा गरिएको छ


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।