लोड हुँदैछ...

मेनु

नख्खु कारागारबाट भागेका एक जना कैदी बेलबारीबाट पक्राउ

नख्खु कारागारबाट भागेका एक जना कैदी बेलबारीबाट पक्राउ

विराटनगर । जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट भागेका एक जना कैदी गिरफ्तार भएका छन् । प्रहरीले चिचिला गाउँपालिका –५ का २९ बर्षीय अमित भन्ने टिकाराम विश्वकर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर धन बहादुर राजवंशीले जानकारी दिए ।

फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा गिरफ्तार गरिएको हो ।

जबरजस्ती करणी मुद्दामा केन्द्रिय कारागार नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई २०८२ पुष पुुष १२ गते गिरफ्तार गरिएको हो । उनी २०७५ पुष २७ गते देखि केन्द्रिय कारागार नख्खुमा कैद भुत्तान गरिरहेका थिए । जिल्लामा जेनजी प्रदर्शनका क्रममा भागेको हालसम्म ७ जना कैदीलाई गिरफ्तार गरिसकेको प्रहरीले जनाएको छ । गिरफ्तार परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको इन्स्पेक्ट राजवंशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।