विराटनगर । हाम्रोमत डटकमका सम्पादक गोकुल पराजुलीलाई पितृशोक परेको छ । उनका ९१ वर्षीय पिता माधवप्रसाद पराजुलीको आइतबार साँझ निधन भएको हो ।
लामो समयदेखि मुटु र दमको समस्याबाट ग्रसित पराजुलीको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय पराजुलीका एक छोरा र दुई छोरी छन् ।
उनको सोमबार बिहान विराटनगर–१ स्थित परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ । पराजुलीको निधनप्रति विराटनगरका पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।